कार्तिक ५ सुर्खेत-जिल्ला प्रहरी कार्यालय सुर्खेतले नजिकिदै गरेको तिहारलाई ध्यानमा राखी घरेलु मदिरा नियन्त्रण अभियान थालेको छ। घरेलु मदिरा खाएर तिहारको समयमा होहल्ला गर्नुका साथै विभिन्न अराजक क्रियाकलाप हुने भएकोले प्रहरीले मदिरा नियन्त्रण अभियान थालेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको डिएसपी बहादुर जंग मल्लको नेतृत्वको टोलीले अहिलेसम्म ५ सय लिटर भन्दा बढी घरेलु मदिरा बरामद गरिसकेको छ। वीरेन्द्रनगरका इत्राम, शंकरचोक लगायतका विभिन्न ठाउँबाट घरेलु मदिरा, घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको छ।
मदिरा बरामद गर्ने क्रममा घरेलु मदिरा खानेपानी फिल्टर गर्ने भाडो, कोक, स्प्राइट, डिउ, ब्लु डायमण्ड रक्सीका बोतलमा प्याक गरिएको अवस्थामा भेटिएको छ। प्रहरीले घरेलु मदिरा बरामद गर्ने अभियान जारी राख्ने जनाएको छ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । ७ कार्तिक २०७३, आईतवार १५:०१ बजे