
दक्षिण कोरिया – दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत सन २०१६ को श्रमसम्झौता दिन सुरु गेको छ । ईपीएस कोरियाले हालै कामदार कोटा चयन र वितरणका लागि तालिका प्रकाशन गरेको हो ।
कोरियाको मानव संशाधन बिकास ९एचआरडी० ले सन २०१६ मा ३४२ कामदारको श्रम सम्झौता प्रदान गरिसकेको छ । झण्डै दुई लाख रुपैयाँ मासिक कमाइ हुने भएकाले कोरिया आकर्षक राजगारीको गन्तब्य मुलुकका रुपमा चिनिन्छ ।
कोरियको रोजगार तथा श्रम मन्त्रालयले १६ मुलुकमा पहिलो चरणअन्तर्गत जनवरीदेखि मार्चासम्मका लागि उत्पादनमूलक क्षेत्रमा ९ हजार ९६०, कृषि तथा पशुपालन क्षेत्रमा ३ हजार पाँच सय चालिस, मत्स्यपालन क्षेत्रमा एक हजार ४२०, निर्माण क्षेत्रमा १ हजार ४७० र सेवा क्षेत्रमा ९० जना कामदार ल्याउने तयारी गरेको छ । आजको कारोबार दैनिकमा खबर छ ।
Milan Shrestha । १० फाल्गुन २०७२, सोमबार ०६:२८ बजे