गजल


ठिक भन्यौ तिमिले म जस्ताको भर हुँदैन
र यस्ता मुसाफिरहरुको केही रहर हुँदैन

आत्मदाह गर्न ठिक्क परेको मान्छे बडो आत्तिएछ
हेर्छ, कोठाका सन्दुकमा राखेको जहर हुँदैन

खेल्दै गरेको छोरा हठात बन्दुक माग्न थाल्छ
जब उस्लाई उ आफैसँग कुनै डर हुँदैन

बेहिसाब बाँचिरहने आशिर्बाद नदिनुहोस् मलाई
थाहा छ आमा, मान्छे नमर्ने कुनै सहर हुँदैन

हेर्नुहोस् महोदय, म त्यो देशको नागरीकता धारी हुँ
जहाँ बस्नेको महल हुन्छ काम गर्नेको घर हुँदैन    रुकुम                                                                           केशब खड्का     
हाल हेटौंडा