असार १८, रुकुम ।
कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसीकोट नगरपालिका १२ पिथिवाङ्मा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।
दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बसमा सवार अन्य यात्रिहरुघाइते सामान्य उपचारपछि घर फर्किसकेका छन् ।
दाङ जिल्लाको तुल्सिपुर नगरपालिका ३ का १७ वर्षीय सृष्टि पुन र सल्यान त्रिवेणी गाउँपालिका ७ का बिष्णु परियार गम्भीर घाइते छन् ।
दाङबाट रुकुमतर्फ जादैँ गरेको ना ४ ख ६२२६ नम्बरको बस गएराति साढे दुई बजे दुर्घटना भएको हो । चालकसहित १४ जना सामान्य घाइतेको रुकुम अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जनाइएकोछ ।



Milan Shrestha । १८ असार २०७५, सोमबार ०४:३७ बजे