१८ असार, बाँके । अविरल वर्षाले बाँकेको नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । वर्षाका कारण बेलासपुर, धम्बोझी, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायतका स्थान जलमग्न भएका छन् ।
त्यस्तै, राप्ती नदीमा पानीको सतह बढेपछि सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर पुगेको छ । कुसुममा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकाअन्तर्गत नदी आसपासका नागरिकलाई सर्तकता अपनाउन तथा अग्लो सुरक्षित स्थानको खोजी गर्न आग्रह गरिएको बताए ।
हिमालखबरअनलाइनबाट



Prawash Kumar Shakya । १८ असार २०७५, सोमबार ०८:१९ बजे