गोठीकाँडा र कट्कुवामा सरसफाई


३ चैत्र, सुर्खेत । “हाम्रो सुर्खेत, राम्रो सुर्खेत , हामी बनाउँ छौ सुर्खेत”  अभियान लिएर द इन्फिल्ड जोन सुर्खेत ग्रुप (बुलेट क्लव) र सामाजिक सञ्जाल फेसबुकको ग्रुप मोटे ग्याङ्ग नेपालका यूवाहरुले सुर्खेतको पर्यटकिय स्थल गोठीकाँठा र कट्कुवा शनिवार सरसफाई गरेका छन् ।

केहीदिन अगाडी यसबर्ष सुर्खेतमा अत्याधिक हिमपात हुँदा हिउँ हेर्न जानेको संख्या उल्लेख्य भयो । त्यही हिउँ हेर्ने सिलसिलामा उत्पन्न भएका फोहरहरुलाईलाई यूवाहरुले पर्यटकिय स्थलको सुन्दरतालाई बचाई राख्न सरसफाई गरेको मोटे ग्याङ्ग नेपालका एडमिन कुमार सम्सेर थापाले जानकारी दिनुभयो ।

थापाले भन्नुभयो हिउँमा रमाउन थुप्रै आन्तरिक पर्यटक जानुभयो तिनै पर्यटकबाट फोहोरलाई जताजतै फालिएको पाइएकोले सरसफाईमा होमिएको हौं । साथै यूवाहरुको मुल नारा Explore Surkhet/ Visit Surkhet/ Visit Nepal2020 रहेको बताउनुभयो ।