सुर्खेतको सिम्ता गाउँ पालिकामा नै ३ दिने युवा संसद अभ्यास तालिम शुरु भएको छ । गाउँ पालिकाका सबै वडाहरुबाट दुइ दुइ जना गाँउपालिकावाट क्लवबाट मनोनित ५ जना र विद्यालवाट मनोनित ५ जना को सहभागीता गराइ आज तालिमको शुरु गरिएको हो ।
तालिमको उद्घाटन गदै सिम्ता गाउँ पालिकाका अध्यक्ष कविन्द्र कुमार के.सी.ले गाउँ गाउँका विकास निर्माण, यूवाहरुका सवालहरुको सम्वोधन तथा उनीहरुको क्षमता विकास तथा समस्या लगायत विभिन्न विषय सम्बन्धी छलफल गर्नका लागि युवा युवतीहको पनि आवश्यक्ता पर्ने भएकाले युवा संसद तालिमको आयोजना गरिएको बताउनुभयो ।
यूवा तथा खेलकुद मन्त्रालय अन्तरर्गत जिल्ला यूवा परिषद र सिम्ता गाँउपालीकाको आर्थिक सहयोग तथा समन्वयमा आजका युवाहरु नै भोली गएर संसद लगायत विभिन्न विषयमा काम गर्नुपर्ने भएकाले पनि युवा युवतीहरुलाइ संसद सम्बन्धी तालिम दिने जानकारी गराउनुभयो ।



Prawash Kumar Shakya । १८ असार २०७५, सोमबार १६:३० बजे