शिक्षक संघको पूर्वी भेला सम्पन्न


asdkjfksfअशोक राजी

२३ पौष सुर्खेत । नेपाल शिक्षक सघ क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर एक सुर्खेत काे ईलाका स्तरीय भेला आज शनिबार पुर्वि सुर्खेतकाे सुर्यज्याेति मावि मेहेलकुना सुर्खेत काे प्राङ्गणमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सुर्खेत काे अायाेजनामा उक्त भेला सम्पन्न भएको हाे । निकट भविष्यमा हुनगईरहेकाे नेपाल शिक्षक संघ सुर्खेतकाे अाठौ जिल्ला अधिवेशनकाे पुर्व तयारी का विषयमा छलफल गर्ने उदेश्य ले उक्त भेलाकाे अायाेजना गरिएको नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सुर्खेतका सचिव सुरेन्द्र वहादुर रावतले जानकारी दिनुभयो ।

शिक्षक सघकाे साङ्गठनिक गतिविधि ,हरुका वारेमा व्यापक रुपमा छलफल गरिएको थियाे । नेपाल शिक्षक महासंघ केन्द्रीय उपाध्यक्ष झकवहादुर डाङ्गी काे प्रमुख अातिथ्यता,नेपाल शिक्षक संघ राष्ट्रिय कार्यसमिति का सदस्य दुर्गा शाक्य काे विषेश अाथित्यता तथा नेपाल शिक्षक संघ क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर एक सुर्खेतका क्षेत्रीय अध्यक्ष ढालवहादुर खत्री काे सभापतित्वमा सम्पन्न उक्त भेलामा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सुर्खेत का महिला उपाध्यक्ष सरस्वती वस्नेत ,PRGC प्रारम्भिक पढाइ कार्यक्रम सुर्खेतका संयोजक नरेशविक्रम ढकाल, रामघाट स्रोत केन्द्रका निवर्तमान स्रोत व्यक्ति नवराज भण्डारी, नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सल्लाहकार सदस्य रामवहादुर सिंङ्ग ,नेपाल शिक्षक संघ सुर्खेतका जिल्ला अध्यक्ष यकदेव गिरी, ज्ञान कुञ्ज शिक्षक सहकारी सस्था सुर्खेत का अध्यक्ष गाेविन्द राज गिरी, लगायत ले अाफ्नाे भनाई राख्नुभएको थियाे ।

भेलाले नेपाल शिक्षक सघ जिल्ला कार्यसमिति सुर्खेत काे निकट भविष्यमा हुन गईरहेकाे अाठौ जिल्ला अधिवेशन लाई मध्यनजर राख्दै पुस मसान्तसम्ममा सम्पुर्ण शिक्षक संघमा अावद्र शिक्षकहरुले सदस्य ता नविकरण गरिसक्नुपर्ने, लगायतका निर्णयहरु पारित गरेको छ । उक्त भेलामा अाठौ जिल्ला अधिवेशनलाई मध्यनजर राख्दै सदस्य ता नविकरण र साङ्गठनिक विषयमा व्यापक छलफल गरिएको थियाे । भेलामा पुर्वि सुर्खेतका दस गाविसहरु छिन्चु रामघाट मालारानी ,मेहेलकुना ,सहारे ,धारापानि ,घुमखहरे लगायका गाविसका शिक्षक प्रमुख हरुतथा शिक्षक महासंघ ,जिल्ला कार्यसमिति का पदाधिकारी हरु लगायकाे सहभागिता रहेकाे थियाे ।