कृष्णराज धमाला
फागुन १५, सुर्खेत ।
सुर्खेतमा भएको ट्याक्टर दुर्घटना हुँदा तिन जनको निधन भएको छ । मालारानी कोटखोला नजिक भएको ट्याक्टर दुर्घटनामा तिन निधन भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परी निधन हुनेमा गुर्भाकोट–८ मेहेलकुनाका फत्तबहादुर विक, शशिराम विक र नारायण खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
मालारानी खरीगैरा बजारबाट फलाम बोकी सहारे जाँदै गरेको भे १ ख ६१६८ नम्वरको ट्याक्टर कोटखोलानजिक दुर्घटना हुँदा घाइते भएका दुई जनाको मेहलकुना अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।



Milan Shrestha । १५ फाल्गुन २०७४, मंगलवार ०९:३१ बजे