नयाँ शक्तिका डा.भट्टराई सुर्खेत आउने


Dr.-Baburamसुर्खेत, १० साउन । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराई साउन १२ गते सुर्खेतमा आउने भएका छन् । नयाँ शक्ति पार्टी नेपाल प्रदेश नम्वर ६ सुर्खेतले सोमबार पत्रकार सम्मलेन गरी प्रदेश नम्वर ६ को आयोजनामा हुन लागेको आन्तरिक प्रशिक्षणका साथै केन्द्रीय भेलाको भाव सम्प्रेषण र सम्बोधन गर्न डा.भट्टराई सुर्खेत आउने भएको जानकारी गराइएको हो ।

साउन १२ गते प्रदेश नम्बर ६ स्तरीय बैठक प्रशिक्षण कार्यक्रम, १३ गते बिहान सुर्खेतमा बुद्धिजिवी, कानुन व्यवसायी, अधिकारकर्मीका साथै उद्योगी व्यापारीहरु र पत्रकार भेटघाट कार्यक्रम रहेको नयाँ शक्ति पार्टी नेपाल प्रदेश नम्बर ६ का संयोजक भक्त बहादुर शाहले जानकारी दिए ।

नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर ६ को प्रशिक्षण कार्यक्रममा डा. भट्टराईसँगै सहसंयोजक रामचन्द्र झा, दुर्गा सोव एवं पर्शुराम तामाङ र देवेन्द्र पौडेल आउने कार्यक्रम रहेको प्रदेश नम्बर ६ का संयोजक भक्तबहादुर शाहले जनाएका छन् ।

साभारः खबरइरा अनलाइन