सल्यानमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु


रमेशकुमार वली
सल्यान १९ असार । सल्यानमा तरकारी बोकेको पिकप दुर्घटना हुँदा १ जनाको मृत्यु भएकोे छ भने १ जना गम्भीर घाइते भएका छन् ।
दाङबाट तरकारी बोकेर सल्यान तर्फ हिडेको ना ५ ख ७६४५ नम्बरको पिकप कपुरकोट गाउँपालिका ३ चोरखोलामा सोमवार राती करिव १० वजे भएको दुर्घटनामा सल्यान वागचौर नगरपालिका ८ का ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर दाङ जिल्ला घर भएका गोविन्द चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृतक डाँगीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ भने घाइते चौधरीको अञ्चल अस्पताल तुल्सीपुरका उपचार भइरहेको प्रहरीको भनाई छ । गाडी सडकदेखि करिब एक सय मिटर तल खसेको छ । गाडी के कारणाले पल्टीयो त्यसबारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।