सप्तरङ्ग २ कार्यक्रममा टेलिकमको सिम निशुल्क वितरण


२८ कार्तिक, सुर्खेत । शान्ती र सद्भावका लागी सप्तरंग यात्राका क्रममा राष्ट्रिय स्तरका कलाकारहरु आज आयोजना हुँदै गरेको सप्तरङ्ग २ कार्यक्रमको अवसरमा नेपाल टेलिकम सुर्खेत शाखाले निःशुल्कमा नमस्ते प्रिपेडको सिम वितरण गरेको छ ।

सिम लिनकालागि सम्बन्धित ग्राहकले नागरिकता, लाइसेन्स वा पासपोर्टको फोटोकपी र पासपोर्टसाइजको फोटो भने अनिवार्य पेश गर्नुपर्ने नेपाल टेलिकम सुर्खेतका प्रमुख विमल पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘निशुल्क सिम वितरण मात्र नभएर फोजी सेवा नचल्ने सिमहरु पनि निशुल्क परिवर्तन समेत गरेका छौं ।’

यो समाचार तयार पार्दा सम्म करिव ४०० सिम वितरण भैसकेको टेलिकम प्रमुख पोखरेलले बताउनुभयो ।