शेयर लगानी विषयक अभिमुखिकरण सम्पन्न


२८ असोज । सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक धितोपत्र (शेयर) लगानीका विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रोफेसनल स्किल डेभलप्मेन्ट प्राइभेट  लिमिटेड (पिएसडि) वीरेन्द्रनगर सुर्खेतको आयोजनामा धितोपत्र लगानीका विषयमा अभिमुखिकरण गरिएको हो ।

अभिखुकिरणमा ठूला ठूला आयोजना, वैँक तथा वित्तीय संस्थाले वितरण गर्ने धितोपत्र, धितोपत्रमा गरिएको लगानी, त्यसबाट आउने मुनाफा लगायत आधारभूत विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा व्यवसायी, विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत १५ जना प्रतिनिधि सहभागि रहेको अभिमुखिकरणका प्रशिक्षक युवराज पौडेलले जानकारी दिनुभयो ।

आफूहरुले सामाजिक आवश्यकताअनुसार विभिन्न शिर्षकमा आधारभूत तथा गहन किसिमका तालिम तथा अभिमुखिकरण गरिरहेको तथा सहकारी सञ्चालन, उद्‍घोषणकला तथा अन्य प्राविधिक ज्ञानहरु पनि दिने गरेको  पिएसडिका प्रवन्ध निर्देशक प्रेमकुमार विसीले बताउनुभयो ।