
रसियामा भर्खरै सम्पन्न ब्राजिल र बेल्जियमबीचको खेलमा ब्राजिल २-१ ले पराजित भएको छ। जीतसँगै बेल्जियमले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
आजको कजान रंगशालामा भएको खेलमा ब्राजिलले खेलको १३ औं मिनेटमा आत्मघाती गोलका कारण पछाडी पर्न गएको थियो। बेल्जियमले प्रहार गरेको कर्नरबाट आएको बललाई क्लिएर गर्ने क्रममा फर्नाडिन्होले गरेको हेडले ब्राजिलको आफ्ने पोस्टको जाली चुमे पछि ब्राजिल एक गोले पछि पर्यो।
आत्मघाती गोलबाट पछाडी परेको ब्राजिललाई बेल्जियमले खेलको ३१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर गर्दै सेमिफाइनलबाट अझ पर धकेल्ने काम गरे।
बेल्जियमका लागि दोश्रो गोल डिब्रुएनेले खेलको ३१ औं मिनेटमा गरेका थिए। २-० गोलले पछाडी परेको ब्राजिलले खेलमा फर्किन हरसम्भव प्रयास गर्यो र बेल्जियन पोस्टमा आक्रमण बनायो। उसले प्रहार गरेका थुप्रै प्रहार गोलमा परिणत हुन सकेन। उसले २७ वटा प्रहार बेल्जियन गोलपोस्टमा गरेको थियो जसमध्ये ९ वटा प्रहार ‘सट अन टारगेट’ थिए।
यस्तैमा खेलको ७६ औं मिनेटमा अगस्टोले गरेको गोलबाट ब्राजिलले खेलमा फर्किने आशा जगायो। ब्राजिलले खेलको अन्तिम मिनेटसम्म खेलमा गोल गर्ने प्रयास गरेपनि ऊ सफल हुन सकेनन् र बेल्जियमलाई २-१ को नतिजा सुम्पन बाध्य भयो।
बेल्जियमले अब फाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नुपर्नेछ। आज नै सम्पन्न भएको फ्रान्स र उरूग्वेबीचको खेलमा फ्रान्सले २ गोलको विजय हासिल गरेको थियो।
साभारः सेतोपाटी ।
Milan Shrestha । २२ असार २०७५, शुक्रबार २०:२४ बजे