
१९ वैशाख, सुर्खेत । कोरोना संक्रमणको ग्राफ दिन प्रतिदिन बढ्दै गइरहेको छ । यसैक्रममा आज आइतवार छिमेकी जिल्ला बाँकेमा एकैदिन ८ जना संक्रमितको मृत्यु भएको छ भने सुर्खेतमा पनि ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार आज आइतवार Rapid Antigen विधिबाट कर्णालीमा कोभिड-१९ संक्रमण १५४ जनामा पुष्टी भएको छ । त्यस्तै कर्णालीमा निको भई डिस्चार्ज हुने पछिल्लो २४ घन्टामा ३१ जना रहेको छ ।
यसैवीच दैलेख जिल्ला प्रशासनले यही बैशाख २१ गते राती १२ बजेदेखि २८ गते राती १२ सम्मकालागि निषेधाज्ञा जारी गरेको छ ।
यता कर्णाली प्रदेश अस्पतालमा विरामीका आफन्तहरुले बिरामीको जिवन रक्षाको लागि जबरजस्ती अक्सिजन सिलिन्डर लिन थालेपछि अक्सिजन सिलिण्डर सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । बिरामीको अबस्थाका आधारमा अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याउने स्थिति बताइएको छ ।
Prawash Kumar Shakya । १९ बैशाख २०७८, आईतवार २०:३७ बजे