कालीकोटमा बृृक्षारोपण अभियान


बिस्नप्रसाद न्यौपाने
असार २९, कालीकोट ।

कालीकोट जिल्लाका बिभिन्न सरकारी कार्यालय तथा स्थानिय सरकारहरुले बृक्षारोपण अभियान संचालन गरेका छन् । असार महिनामा भारी बर्षा भएका कारण जिल्लाका बिभिन्न सरकारी कार्यालय तथा स्थानिय सरकारहरुले सम्भावनाका आधारमा जिल्ला व्यापी बृक्षारोपण अभियान थालेका हुन् ।

जिल्ला कृषि विकास कार्यालय कालीकोटले दिएको जानकारीअनुसार यस बर्ष बिभिन्न जातका फलफुलका बिरुवा बितरण गरिएको छ । जसमा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयहरु र स्थानिय सरकारले आ–आफ्नो क्षेत्रमा बृक्षारोपण गरेका छन् । शुक्रबार जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालयको पुरानो कार्यालयको हाता भित्र १ सय वटा सुन्तला र कागतिका बिरुवा रोपिएको छ ।

जिल्ला प्रहरी कार्यालयको खाली भुभागमा हरियालीका साथै फलफुल उत्पादन गर्नका लागि बृक्षारोपण कार्यक्रम गरीएको हो । जिल्ला कृषि विकास कार्यालयकाअनुसार जिल्लामा हालसम्म ७६ हजार सुन्तला र कागतिका बिरुवा बितरण गरिएको छ । जसमा जिल्लाको खाँडाचक्र नगरपालिकामा ३२ हजार, शुभकालिका गाउपालिकामा १८ हजार, रास्कोट नगरपालिकामा १० हजार, शान्नित्रिवेणी गाउपालिकामा ५ हजार, पलाता गाउपालिकामा ४ हजार र पचालझरना गाउपालिकामा ३ हजार बिरुवा बितरण गरिएको छ । यस्तै जिल्लाको तिलागुफा नगरपालिकामा २ हजार, माहावै गाउपालिकामा २ हजार बिरुवा बितरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा यस बर्ष समयमै भारी पानी परेकाले फलफुलका बिरुवा रोप्ने अभियान नै थालिएको छ । सबै किसिमको हावापानी पाउने कालिकोटमा आँपका बिरुवा पनि आयात गर्ने लागिएको जनाएको छ । जिल्लामा भित्रिएका सुन्तला र कागतिका बिरुवाहरु कर्णाली प्रदेशको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट २० हजार र बाँकी जिल्लामा उत्पादित बिरुवा र दैलेख र सल्यानबाट समेत आयात भएको जनाएको छ ।