लिखित जवाफ एवं कानुन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न (भिडियोसहित)


२३ पौष, सुर्खेत । लिखित जवाफ एवं कानुन सम्बन्धी प्रशिक्षण कार्यक्रममा आज सम्पन्न भएको छ ।

मुख्य न्याधिवक्ताको कार्यालय कर्णाली प्रदेशले आज प्रदेश राजधानी कानुन सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथी राजकुमार श्रेष्ठले सर्वसाधारणले दावी प्रस्तुत गर्न नसक्दा धेरै कठिनाईहरु भोग्नुपरेको बताउनुभयो । उहाँका अनुसार “जसरी सर्वसाधारणलाई न्यायमूर्तिको रुपमा रहनुहुने न्याधिसहरुले आफ्नो स्वविवेकले फैसला गर्दछन् भन्ने सर्वसाधारणको सोच त्यसो नभै न्यामूर्तिहरुले पनि लिखित जवाफ र प्रमाणको आधारमा कानुन सम्मत निर्णय गर्ने बताउनुभयो ।”

त्यस्तै कार्यक्रमका सभापति एवं  कर्णाली प्रदेश सरकारका मुख्यन्याधिवक्ता ध्रुवकुमार श्रेष्ठले अधिवक्ताहरुले लिखित जवाफ लेख्दा धेरै कुराहरुमा ध्यानदिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “धेरै जसो मुद्दाहरु फैसला गर्दा लिखित जवाफ मै टेकेर गरिने भएको हुँदा लिखित जवाफ तत्वपूर्ण र सत्यपरक तरिकाले लेख्नुपर्छ । “