आफूखुशी राहत बाढ्न नपाइनेः कर्णाली सरकार


५ बैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारको हिजो बैशाख ४ बसेको बैठकको निर्णयहरु सार्वजनिक गरिएको छ ।

बैठकले कोरोना भाइरस (कोभिड-१९) प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन चाहने व्यक्ति वा संघसंस्थाहरूले सोझै समुदायमा पुगी राहत वितरण गर्न नपाउने र राहत रकम वा सामाग्री सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराइ स्थानीय तहबाट मात्र वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाल सरकार संग स्थानीय तह, जिल्ला र प्रदेशले फरक स्थानीय तह, जिल्ला र प्रदेशका वासिन्दालाई विभेद र अपमानजनक व्यवहार गर्ने, आफ्नो सीमाना कटाइ अलपत्र अवस्थामा छोड्ने गरेको समेत पाइएको र यस्तो प्रवृत्तिले जनताको जीउ धनको सुरक्षामा समेत जोखिम बढेको हुँदा सबै नागरिकहरूलाई समान व्यवहार गर्न र सम्मानजनक रूपमा सुरक्षा प्रत्याभूति गराउन सबै प्रदेश, जिल्ला र स्थानीय तहलाई निर्देशन हुनका अनुरोध गर्ने निर्णय गरेको छ ।