असोज १२, कालीकोट ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका –९ पाखाँमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
यही असोज ९ गते बेलुका देवताको पैठमा जात्रा हेरेर घर फर्किने क्रममा ति किशोरीमाथि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालीकोटले ८ जना पक्राउ गरेको हो ।
पीडितले किटानी जाहेरी दिएको आधारमा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्ब विक, १८ वर्षीय गोर्ख बिक, १८ वर्षीय सर्जन बिक, खाँडाचक्र नगरपालिका–९ निवासी २२ वर्षीय जीवन कि, २० वर्षीय नवीन बिक, १८ वर्षीय डिले बिक, २१ वर्षीय सुवास बिक र २० वर्षीय हर्ष बिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमूख बिनोद शर्माले जानकारी दिनुभयो । प्रहरीले दिएको जानकारी अनुसार थप अनुसन्धान भइरहेको छ ।



Milan Shrestha । १२ आश्विन २०७५, शुक्रबार १३:३५ बजे