रास्कोटको योजना मदिरा निषेधित क्षेत्र


साउन १, कालीकोट ।

जिल्लाको रास्कोट नगरपालिकाको नगरसभाले मदिरा निषेधित क्षेत्र घोषणा गर्ने भएको छ । झन्डै ७ दिन सम्म चलेको नगरसभाले आफ्नो पहिलो योजनामा नगरका सबै क्षेत्रमा मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निति पास गरेको हो ।

नगरसभाको वन्दसत्रले १७ एजेन्डा माथि छलफल अघि बढाउदै मदिरा निषेधित क्षेत्र घोषणामा जोड दिन नगरसभाका सबै जनप्रतिनिधिहरुले आफैवाट सुरुवात गर्नका लागि सामुहिक प्रतिवद्धता गरेपछि उक्त एजेन्डा पास भएको नगरका प्रबक्ता टक्कवहादुर फर्सालले वताउनुभयो ।

सभाले १७ एजेन्डा पास गरेर छलफलमा ल्याएको थियो । नगरसभाले प्रस्तुत् गरेका १७ एजेन्डामा नगरपालिका भित्र मदिरा निषेधीत क्षेत्र घोषणा गर्ने बुदा पहिलो नम्वरमा पास गरेको छ ।

मदिरा निषेधित घोषणा संगै नगरसभाले आर्थिक वर्ष २०७५÷०७६ को वजेट, निति तथा कार्यक्रम, अघिल्लो वर्षको आय ब्यय, आर्थिक ऐन र बिनियमहरु, नगरको मुख्यालय, नगरको केन्द्र र त्यसको ब्यवस्थापन सम्वन्धीका ऐनहरु, कर्मचारी ब्यवस्थापन, साझेदारी, बिषेश अनुदान, कर्जा निति, जग्गाको मुल्यांकन गर्ने एजेन्डा पनि पास गरेको छ ।

यस्तै नगरका बिभिन्न बिकासे कामलाई पुर्णता दिन समितिको गठन, अनुगमन, मुल्यांकन, भुउपयोग निति, खुला चरिचरन नियन्त्रण, सडक छेउमा घरघरेडी लगाउने मापदन्ड र बिबिधमा नगरपालिका भित्रको असहज ब्याज लिने प्रणालीलाई रोक्ने निति पास भएको छ ।