
नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह समक्ष नेपाल स्वयंसेवी रक्तदाता समाजले ज्ञापन पत्र बुझाएको छ ।
समाजले “प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व / कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडित पक्ष (विरामी)को नैसर्गिक अधिकार हो” नारा तय गरि देशभर छरिएर रहेका रक्तदाताहरुको हकहित र रक्तदान कार्यक्रमको आयोजना एवं रक्तदान कार्यक्रम गर्ने संघसस्थाहरु वीच समन्वय गर्दै आएको समाजले निःशुल्क रगत र रक्ततत्वकालागि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको समाजका केन्द्रीय अध्यक्ष नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले जानकारी दिनुभयो ।
ज्ञापन पत्रमा “राज्यद्वारा मानव रगत र रगतबाट तयार पारिएका रक्ततत्वलाई निःशुल्क उपलब्ध/ वितरण गराउने, गर्ने निती लिएता पनि हालसम्म परिक्षण शुल्कको रुपमा आवश्यक बढी रकम असुली रहेको विद्यमान परिस्थितिले विपन्न वर्ग विरामीहरुलाई ठूलो आर्थिक भार आइरहेको छ । यस समाजले त्यस्तो परिस्थितिलाई न्यूनीकरण गर्न स्थानीयहरुको सहभागिता र स्थानीय सरकार वीच समन्वय गर्दै निःशुल्क रगत वितरणको कार्यको पनि थालनी गरि सेवा प्रवाह गरिरहेको वर्तमान अवस्था रहेको जनाइएको छ । साथै ज्ञापन पत्रमा बर्षेनी मनाउँदै आइरहेको राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस माघ १५ लाई राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको रुपमा घोषणा गर्न माग गरिएको छ ।
कार्यक्रममा समाजका केन्द्रीय कोषाध्यक्ष प्रमिला तामाङ्ग एवं केन्द्रीय सदस्यद्वयः सुशील घर्ती क्षेत्री र बिमल भित्राकोटीको सहभागीता रहेको थियो ।




Prawash Kumar Shakya । ९ पुष २०८१, मंगलवार १६:३३ बजे