डा. केसी लिन जुम्ला पुग्यो हेलिकोप्टर, समर्थकको अवरोध


३ साउन, काठमाडौं ।

अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको छ ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, शिक्षा मन्त्रालयका सचिवसहितको टोली केसीलाई लिन जुम्ला पुगेको हो ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ((नेकपा) को आग्रहमा सरकारले बुधबार केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो ।

तर केसी पक्षीय चिकित्सकहरुले केसीलाई जबरजस्ती काठमाडौं लैजान लागिएको भन्दै प्रदर्शन गरिरहेका छन् ।  जुम्लामै वार्ता गरेर केसीकाे माग सम्बाेधन हुनुपर्ने उनीहरूकाे  अडान छ ।
चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा १९ दिनदेखि अनसनरत छन् । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेको छैन । अनलाइनखबरबाट