१ बैशाख, कैलानी । र्यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज नाकामा चियाको व्यापार गर्ने ६५ बर्षिय महिलामा कोरोना भाइरसकोसंक्रमण देखिएको हो । उहाँ सहित १७ जना गत चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए ।
‘हामी नेपालबाटै आएका हौं, घरमै बस्छौं भन्नुभएको थियो तर हामीले हुँदैन भनेर क्वारेन्टाइनमा राखेका थियौं,’ लम्किचुहाका मेयर महादेव बजगाईंले बताउनुभयो । क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । त्यसपछि संक्रमित भुरुवास्थित आफन्त कहाँ बस्नुभएको थियो । तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
संक्रमित संगका सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । कैलानीमा कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको यो दोस्रो घटना हो ।



Milan Shrestha । १ बैशाख २०७७, सोमबार १२:०५ बजे