सुर्खेत, १७ चैत।
सुर्खेत जिल्ला सम्मन्वय समितीका प्रमुख छविलाल सिग्देलले कर्णाली प्रदेशमा रहेका विभिन्न विकासका सम्भावना भएकोले त्यसको खोजिमा लागिरहेको बताउनु भएको छ ।
कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालको कार्यालय उद्घाटनका क्रममा बोल्दै प्रमूख सिग्देलले कृषिका सम्भावनाहरुको सदुपयोगबाट आर्थिक समृद्धिको बाटो खुल्नेमा जोड दिनुभयो ।
जिल्ला वन अधिकृत हेमराज विष्टले कर्णालीमा कृषिको सम्भावना धेरै भएको भन्दै त्यसलाई प्रयोगमा ल्याए आर्थिक समृद्धि हुने बताउनु भयो । विष्टले नेपालीहरु कृषि क्षेत्रमा धेरै भएतापनि आयश्रोत केही नहुँदा आयातित खाद्यान्नको भर पर्नु दुःखद भएको बताउनुभयो । कर्णालीमा टिमुरको भण्डार भएकाले टिमुरको माग पनि त्यतिकै रुपमा बढेको हुँदा १२ सय मिटर उचाईमा टिमुरको व्यवस्थापन गर्नुपर्ने पनि उहाँको भनाई छ ।
संस्थाका अध्यक्ष लालमणि देवकोटाले कर्णालीका प्रशस्त सम्भावनाको प्रयोगले कृषकको जीबनस्तर उकास्न मदत पुग्ने बताउनुभयो । उहाँले सफा कर्णाली र हरियो कर्णाली नारा लिएर प्रदेश निर्माणमा टेवा पु¥याउने उदेश्य आफुहरुले लिएको खुलासा गर्नुभयो ।
Milan Shrestha । १७ चैत्र २०७४, शनिबार ११:०६ बजे