नगर स्तरिय सम्यन्त्र निर्माण बैठक सम्पन्न


सुर्खेत, ३ साउन । संकटासन्न समुदायका व्यक्तिहरुको जीवन स्तरमा परिवर्तन ल्याउनका लागी जीविकोपार्जनले महत्वपूर्ण भुमिका खेल्ने भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले  औल्याएका छन् । UKID को आर्थिक सहयोग,  IDE नेपालको नेतित्व NTAG नेपालको समन्वय तथा सुन्दर नेपाल संस्थाद्धारा संचालित अनुकुलन एक्स परियोजनाले बिहिबार(आज) भेरीगंगा नगरपालिका वडा नं.१० छिन्चुमा आयोजनका गरिएको परियोजना अभिमुखिकरण गोष्ठि र नगर स्तरिय संयन्त्र निर्माण बैठकमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि चन्दले अनुकुलन परियोजनाले अति संकटासन्न परिवारहरुको जीवन उकास्न का लागि संचालिन गरेको कार्य प्रति आफ्नो स्तरबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रमका अध्यक्ष एवंम् भेरीगंगा नगरपालिकाका उप–प्रमुख रेणु आचार्यले बिशेष गरी संकटासन्न परिवारका महिलाहरु सहित बालबालिकाहरुको पोषण र स्वास्थ्य सुधारमा स्थानिय स्तरबाट गर्नु पर्ने कार्यहरु यसरी परियोजनाले गरेको प्रति खुशी व्यक्त गर्दे आगामी दिनहरुमा स्थानिय स्तरबाट पनि महिला र बालबालिहरुका लागि पोषण सुधारका कार्यक्रम लागु गर्नु पर्नेमा जोड दिनुभयो ।

भेरीगंगा नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद खरेलका अनुशार स्थानिय सरकारहरुको मुख्य ध्यान बिकास निर्माण तिर गईरहेको र हाल आएर उक्त कार्यको परिणाम स्वरुप वातावरण संरक्षण माथि ध्यान पुग्न नसक्दा जोखिमहरु बढ्दै गईरहेको बताए । खरेलले वातारण संरक्षण माथी जिम्मेवार निकायहरुको ध्यान जानु पर्नेमा जोड दिदै अनुकुलन परियोजनाले नगर स्तरकै स्थानिय अनुकुलन एक्स परियोजनाले कार्य योजना तयार गर्न लागेको हुदा आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा भेरीगंगा नगरपालिका  वडा नं.१ देखि १३ वडाकाअध्यक्ष, कार्यपालिकाका सदस्य, बिषयगत कार्यलय तथा नगर शाखाका प्रमुख एवंम् प्रतिनिधिहरुको उपस्थ्ति रहेको थियो ।

अनुकुलन परियोजना सुर्खेत जिल्लाको ६ वटा स्थानिय तहमा सन् २०१५ देखि २०१७ सम्मका लागि लागु भएको र अनुकुलन एक्स परियोजना जनवरी २०१८ देखि जुन २०१९ सम्म संचालन हुने सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक एवंम् परियोजनाका कार्यक्रम संयोजक भुपेन्द्र प्रसाद कडेंलले जानकारी दिनु भयो ।