
सुर्खेत, ४ माघ ।
मिलन श्रेष्ठ
नेपाली कांग्रेसका महामन्त्रि कृष्णप्रसाद सिटौलाले अबको देशलाई निकास दिनका लागी राष्ट्रिय एकताको खांचो रहेका बताएका छन् । सोमबार नेपाल प्रेस युनियन शाखा सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब राष्ट्रिय एकताको सरकारको खांचो रहेको औल्यायका छन् । पत्रकार सम्मेलनमा बोल्दै महामन्त्रि सिटौलाले अब नेपाली कांग्रेसको १३ महाधिवेशन कुनै पनि हालतमा नसर्ने बतादै आफुले जिल्ला अधिवेशन र क्षेत्रिय अधिवेशन अगावै कुनै पनि पदका लागी उम्मेदवारीको घोषणा नगरेको बताए ।
Milan Shrestha । ४ माघ २०७२, सोमबार ११:२९ बजे