१६ बैशाख, सुर्खेत । नेपाल वाेटल वाटर उद्योग संघ कर्णाली प्रदेश कमिटीले आईतवार र साेमवार सुर्खेतका विभिन्न पानी उद्योगहरुमा गरिएको सिलवन्दीप्रती आपत्ती जनाएको छ ।
संघका अध्यक्ष कृष्णप्रसाद आचार्यकाे अध्यक्षतामा बसेकाे वैठकले अनुगमनका नाममा सुर्खेतका सम्पूर्ण प्रशाेधित पीउने पानी उद्योगहरुमा प्रशासनवाट सिलवन्दी गरिएको र सिलवन्दी गर्दा न्युनतम संवेदना समेत नराखी वलपूर्वक जवर्जस्ती गरिएको भनिएको छ ।
यसैगरी नियमसंगत रुपमा कार्य गर्दापनि गरिएको व्यवहारले मर्माहत बनाएकाे भन्दै स्थानीय उद्योगहरु बन्द गराई बाहिरिया उद्योगहरुका उत्पादनहरुलाई भित्र्याउने उद्देश्य वमाेजिम सिल गरिएको आराेप लगाईएकाे छ ।
संघले विनाशर्त यथावतरुपमा पानी उद्योगहरु संचालन गर्न र गराउने वातावरण बनाईदिन जिल्ला प्रशासन कार्यालय सुर्खेत, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय सुर्खेतलाई अनुरोध गर्ने निर्णय गरेकाे छ।
यसैगरी वैठकले व्यवसायीहरुमाथि भैरहेका दमनको विरुद्धमा ऐक्यबद्धता प्रकट गरिदिन सुर्खेत उद्योग वाणिज्य संघ र सुर्खेत चेम्बर अफ कमर्स लगायतका संघ संगठनहरुलाई अनुरोध गर्ने समेत निर्णय गरेकाे अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।



Milan Shrestha । १६ बैशाख २०७६, सोमबार २२:०१ बजे