श्रावण ८, काठमाडौँ
कानुन तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन् । आफ्नै अभिव्यक्तिका कारण अलोचित बनेका मन्त्री तामाङले दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेर प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।
बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परेका कारण उनले राजीनामा दिएका हुन् ।
नेकपाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउने बिषयमा सोमबार राती कुराकानी भएको थियो । उनको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि उनको व्यापक अलोचना भएको थियो । कान्तिपुरबाट



Milan Shrestha । ८ श्रावण २०७५, मंगलवार १०:२० बजे