पुल निर्माण पुरा नहँदा डोल्पाली मर्कामा


हरिकृष्ण कुमाई, जुम्ला
पुस २४

चन्दननाथ नगरपालिकामा वग्ने तिला नदिमाथी निर्माण हुन लागेको डोल्पा जोड्ने पक्की पुल समयमै नवन्दा डोल्पालीहरु मर्कामा परेकाछन् । दानसाँघु तल्लो पक्की पुल निर्माण कार्य सकिएको खण्डमा सवारी आवागमन सहजै हुने र डोल्पाली जनताले भोग्नु परेको सवै खाले पिडा हट्ने स्थानीयले आशा लिएकाछन् छन ् ।

पाँच वर्ष पुल बनाई सक्ने संझौता भएपनि ७ वर्ष भईसक्दा पनि पुल वन्न नसकेको हो । ४ करोडको बजेटमा निर्माण हुनुपर्नेमा हाल सम्म सबै पुल पिलर र २ स्ल्याप मात्र निर्माण भएका छन् । पहिलो चरणको डिजाईन स्टमेट फेल भएर रिभाईज गर्नु पर्दा समय लागेको बताइएकोछ । स्टमेट फेल भएपनि २०७३ टेण्डर आव्हान भएर काम शुरु भएको हो । जग्गावालाले पर्खाल लगाउन दिइएका छैनन । पुलको काम शुरु गर्दा डोजरमा ढुंगा हान्ने र कामदार माथि हातपात गर्ने जस्ता क्रियाकलाप गरेर काम गर्न नदिएको गुनासो ठेकेदार तारासिंह  कठायतले बताए ।