मुख्यमन्त्रीका स्वकीय सचिवद्वारा काउन्सिलमा उजुरी


२५ जेठ सुर्खेत
कर्णाली प्रदेशका  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंहले   अनलाइन डवलीले गलत समाचार लेखेको भन्दै प्रेस काउन्सिलमा उजुरी  गर्नुभएको छ ।

कर्णाली प्रदेश सरकारले कर्णाली रारा महोत्सवमा भ्रष्ट्राचार गरेको आरोपमा, काँग्रेसद्धारा संसद अवरुद्ध शिर्षकमा छापिएको  समाचारमा मुख्यमन्त्रीका स्वकीय सचिव खेम बहादुर सिंहले होटल मालिकसंग   १५ लाख रुपैया कमिशन लिएको भन्ने आरोप लगाएकोमा आपत्ति जनाउनु भएको छ ।

सिंहद्वारा जारी बिज्ञप्तीमा भनिएको छ– कर्णाली रारा  पर्यटन वर्ष–२०७५ को उद्घाटन समारोहको होटेल व्यवस्थापन तर्फ भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र आवास व्यवस्थापन तर्फ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी रहेको थियो । उक्त व्यवस्थापनको सम्झौता तथा भुक्तानीको सवै जिम्मेवारी सम्वन्धित मन्त्रालय र त्यहाँ कार्यरत अधिकारीहरुसंग नै रहेको छ । यसमा मेरो र मुख्यमन्त्रीको नीजि सचिवालयको कुनै संलग्नता नरहेको कुरा स्पष्ट गर्न चाहान्छु ।’

सत्य तथ्यमा आधारित रहेर जिम्मेवारीपुर्वक गिरने पत्रकारिताप्रति मेरो ठुलो सम्मान र सहयोग रहदै आएको र  अत्यन्तै पुर्वाग्राही मानसिकताका साथ मेरो ब्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रेरितभइ समाचारमा मेरो कुनैपनी प्रतिकृया नै नलिइ दुराग्रहपुर्ण तवरले समाचार प्रकाशन गरिदा मेरो ब्यक्तिगत मान मर्यादा र सामाजिक प्रतिष्ठामा अपुरणिय क्षति पुगेका कारण डवली मिडियाद्वारा संचालित अनलाइनडवली डट कमलाइ कार्वाहीकाे माग गरीएको छ । भनी एक प्रेस बक्तव्य सहित प्रेश काउन्सीलमा निवेदन  दिनुभएको छ ।