मलेसियाको नेपाली दुतावासले रोक्यो मागपत्र प्रमाणीकरण गर्ने काम


 हरि निउरे

काठमाडौं–मलेसियास्थित नेपाली राजदुतावासले तत्कालका लागि कामदारको मागपत्र प्रमाणीकरण गर्ने काम रोकेको छ । एक सुचना जारी गर्दै राजदुतावासले प्रमाणीकरण गर्ने काम रोकेको जानकारी दिएको हो ।mबबिथकष्ब
कहिले सम्मका लागी काम रोकीएको हो भन्नेबारे केहि पनि खुलाईएको छैन । राजदुतावासका प्रवक्ता एवं द्धितिय सचिब उत्तम शाहीले केही समयका लागी मागपत्र प्रमाणीकरण गर्ने काम रोकीएको स्पष्ट पारे ।
मलेसियाले बिदेशी कामदार नलिने भनि घोषणा गरेपछि मागपत्र प्रमाणित गर्दा यहाँ आउन ठिक्क परेकाहरुलाई असर पर्न सक्ने भएकाले प्रमाणीकरणको काम रोकिएको शाहीले बताए । अहिले मागपत्र प्रमाणिकरण गर्दा मलेसिया आउने तयारी गरिरहेकाहरु लामो समय कुर्न बाध्य हुन सक्ने कुरालाई मध्यनजर गरि काम रोकीएको शाहीले जानकारी दिए । कस्तो कामको लागी कामदारको माग गरीएको हो भन्नेबारे प्रमाणीकरण गर्ने काम राजदुतावासले गर्ने गर्दछ ।
यहाँस्थित नेपाली राजदुतावासबाट दैनिक ५ देखि १० जनाको मागपत्र प्रमाणीकरण हुदै आएकोमा अहिले त्यो बन्द भएको हो ।
गत असार यता नेपाल सरकारले फ्रि भिसा फि टिकट लागू गरेपछि मागपत्र प्रमाणीकरण गर्ने काम ह्वात्तै घटेको राजदुतावास स्रोतले जनाएको छ ।
धरपकड जारी
मलेसिया सरकारले अबैधानिक कामदारलाई समात्नेक्रम पनि जारी राखेको छ । बैधानिक बन्ने प्रक्रिया खुल्ला गरिएपनि अबैधानिक कामदार धरपकड गर्ने काम सरकारले जारी राखेपछि यहांका मानवअधिकारवादीहरुले त्यस्को बिरोध गरेका छन् । प्रक्रियामा आउ, बैधानिक बन, भनेर अवसर दिए जस्तो गरी धमाधम पक्राउ गर्नु जायज नभएको मानवअधिकारवादी संस्था तेनागानिताको तर्क छ ।
सरकारले बैधानिक बन्न अबसर दिएपछि धरपकड नगरी प्रक्रियामा आउन दिनु पर्ने तेनागानिताको माग छ ।
यसै साता मात्रै मलेसियाका छुट्टा छुट्टै ठाउँबाट नेपाल लगायत बिभिन्न मुलुकका सयौ अबैधानिक आप्रवासी कामदार समातिएका थिए ।

यसैबिच मलेसियाका रोजगारदाता कम्पनिहरुले सरकारले बिदेशी कामदार नलिने भनि गरेको घोषणा पुर्नबिचार गर्न माग गर्दै आएका छन् ।
सरकारको निर्णयले सबै क्षेत्रमा कामदारको अभाब सृजना हुने भन्दै रोजगारदाताले घोषणा पुर्नबिचार गर्न सुझाब दिएको मलेसियन सन्चार माध्यमले जनाएका छन् । आप्रवासी कामदार नियन्त्रणको सन्र्दभमा पछिल्लो समय मलेसिया सरकार कडारुपमा प्रस्तुत भएको छ ।साभारः रातोपाटी ।