गणेशजल सहकारीद्वारा मानव सेवा आश्रमलाई सहयोग


१ जेठ, सुर्खेत । गणेशजल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले मानव सेवा आश्रम सुर्खेत शाखालाई खाद्यान्न समाग्री हस्तान्तरण गरेको छ ।

संस्थाले आफ्नो १२औं बार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिनको कार्यक्रममा आश्रमलाई सामाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रेमकुमार विसीले बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष विसीले समाजमा विभिन्न कारणले दुःख पाइरहेका दिन दुःखीलाई हेरचाह गर्ने उद्देश्यले स्थापना गरिएको आश्रमलाई यस्तो सामाजिक काममा सहयोग गर्न पर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेले संस्थाले विगत देखि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा सवै क्षेत्रलाई समेटि अगाडि बढेकाले संस्थाले सफलता प्राप्त गरेको बताउनुभयो ।

सप्ताहब्यापि कार्यक्रम जेठ ७ गते समापन हुने संस्थाले जनाएको छ ।