
कृष्णराज धमाला साउन १०, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सकारात्म सोच बिना विकास सम्भव नहुनेमा जोड दिनुभएकोछ । बस्तुपरक र यथार्तपरक सोच बिना परिबर्तनको कल्पना गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले सोच र दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभयो ।
नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेश समिति सुर्खेतले प्रदान गरेको अनुरोध पत्र बुझ्दै मुख्यमन्त्री शाहीले पर्यटनको सबैभन्दा सम्भावना भएको कर्णाली प्रदेशमा मिडियाहाउसहरुले पनि पर्यटनको बिट छुट्टयाउनु पर्ने सुझाव दिनुभयो । केन्द्रिय अध्यक्ष धनीराम शर्मा, सचिव बिष्णु शर्मा, प्रदेश अध्यक्ष अशोककुमार सिंह सहितको पर्यटन पत्रकारहरु सहभागि टोलीको अनुरोध पत्र बुझ्दै मुख्यमन्त्री शाहीले धरातलिय यथार्ततामा आधारीत योजना बनाएर कार्य गरे मात्रै सफलता हाँसील हुने बताउनुभयो ।
दिमागको बिकृति हटाउनु आजको आबस्यकता हो भन्दै मुख्यमन्त्री शाहीले जे देख्यो त्यही प्राप्त गर्ने चाहाना राख्नु गलत हो भन्नुभयो । कर्णाली प्रदेशका ढुंगा, माटो, रुख, खोलानाला, भेषभुषा, ऐतिहाँसीक धरोहर सबै पर्यटक आकर्षित गर्ने प्रमूख आधार हो भन्दै मुख्यमन्त्री शाहीले यो कर्णाली प्रदेशलाई पर्यटनको गन्तब्य बनाउन प्रदेश सरकारलाई सबै सरोकारवालाहरुले पनि सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

पर्यटन पत्रकार संघ कर्णाली प्रदेश समितिले पर्यटन बिटमा काम गर्ने पत्रकारहरुको क्षमता अभिबृदि, प्रदेशमा घुम्न आउने पर्यटकहरुको सहजताका लागि सहजकर्ताको भूमिका निर्बाह गर्ने, कर्णाली प्रदेशका दशवटै जिल्लामा रहेका पर्यटकिय क्षेत्रहरुको सुक्ष्म अनुसन्धान गर्दै बृतचित्र निर्माण गर्ने, पर्यटन गन्तब्यका स्थानहरुको तय गर्ने लगायतका कामहरु प्रदेश शाखा र जिल्ला शाखा अन्तरगत सञ्चालन भइरहेको कुरा सो अबसरमा प्रदेश सरकारलाई जानकारी प्रदान गरीएको छ ।
Milan Shrestha । १० श्रावण २०७५, बिहीबार १२:३८ बजे