कर्णालीमा तिब्रगतीमा समुदायमा कोरोना फैलियो


३० भाद्र, सुर्खेत । कर्णालीमा कोरोना भाइरस तिब्रगतीमा समुदायस्तरमा फैलिरहँदा स्वास्थ्यकर्मी तथा पत्रकारहरुमा पनि पुष्टी भैरहेको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले आज कर्णालीमा २८ जना कोरोनाका नयाँ संक्रमित पुष्टी गरेको छ । जस्मा ५ जना स्वास्थ्यकर्मी र ३ पत्रकार र्हेको बताइएको छ ।

आज संक्रमण पुष्टी हुनुभएका कर्णालीका पत्रकारहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत संक्रमण भएको जनाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा पत्रकार सूर्यप्रकाश कंडेल, टिका विष्ट र गणेश वलीले आफूहरुमा कोरोना पुष्टि भएकाे र कुनै लक्षण नभएको र स्वास्थ्य अवस्था सामान्य होम आइसोलेसनमा बसेको जानकारी दिँदै आफ्नो नजिक सम्पर्कमा रहनु भएकाकाहरुलाई पीसीआर परीक्षण गर्न अपिल गर्नुभएको छ ।