८ मंसीर, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज भेरीगंगा नगरपालिका १० बाट अवैध काठ बरामद गरेको जनाएको छ ।
प्रहरीले आज भेरीगंगा नगरपालिका १० ठूलाखालबाट छिन्चु तर्फ जाँदै गरेको भे १ ह ३३४१ नम्बरको अटोलाई अवैध काठ सहित नियन्त्रणमा लिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको व्यूरो टोली र इलाका प्रहरी कार्यालय छिन्चुको टोलीले अटोबाट ४ फिटको १३ थान, ५ फिटको १० थान कडी जम्मा ८.५ क्यूफिट काठ, अटो र ४१ बर्षिय अटो चालक अलबहादुर पुनमगरलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीकालागि सव डिभिजन वन कार्यालय छिन्चु सुर्खेतमा पठाइएको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।




Prawash Kumar Shakya । ८ मंसिर २०७७, सोमबार १७:३५ बजे