सल्लीबजार नजिक जिप दुर्घटना, २ जना गम्भीर घाइते (दूर्घटनाका घाईतेहरुको विवरण सहित)


मिलन श्रेष्ठ

१३ श्रावण, सुर्खेत । सल्यानको सल्लीबजार नजिकै यात्रुवाहक जीप दूर्घटना भएको छ । जाजरकोट देखि नेपालगंजका लागी छुटेको कुमार प्रा.ली.को जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

आईतबार बिहान करिब ११ः३० बजे कुमार प्रा.ली.को लु १ ज ३९३३ नम्बरको जिप सल्लिबजार–छिन्चु सडक खण्ड अन्तर्गत समौला भन्ने ठाउमा ब्रेक फेल भएका कारण दुर्घटना हुँदा जीपमा सवार ११ जना घाइते भएको अस्थाइ प्रहरी पोष्ट सल्लीबजारका प्रहरी जवान प्रकाश विष्टले बताउनुभयो ।

दुर्घटनामा परि २ जना घाईतेलाई सल्लिबजार स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात घर फर्काईएको र अन्य घाईते ९ जनालाई सामन्य उपचार पश्चात थप उपचारका लागी कोहलपुर मेडिकल क्लेजमा रिफर गरिएको र सबै यात्रुहरु खतरा मुक्त रहेको प्रहरी जवान विष्टले बताउनुभयो ।

घाईतेहरुको विवरण यस अनुशार रहेको छः–
१.भेरी नगरपालिका वडा नं.०४ का ४८ बर्षिय गोपाल नेपाली ।
२.भेरी नगरपालिका वडा नं.०४की ४० बर्षिय आशा नेपाली ।
३.भेरी नगरपालिका वडा नं.०४ का ०७ बर्षिय आयूष बि.क ।
४. भेरी नगरपालिका वडा नं.०४ का ४९ बर्षिय श्री भक्त कार्कि ।
५. बांके जिल्ला कोहलपुर नगरपालिका १४ बस्ने ३३ बर्षका खेम घले(जीप चालक) ।
६. जाजरकोट जिल्ला वाराकोट गाउपालिका वडा नं.०४ बस्ने ३८ बर्षका नरबहादुर बोहोरा ।
७.जाजरकोट जिल्ला वाराकोट गाउपालिका वडा नं.०४ बस्ने बर्ष ३४का बिष्णु बस्नेत ।
८. सल्यान जिल्ला बनगाद गाउपालिका बस्ने बर्ष ३६का देबबहादुर राना र
९. सल्यान जिल्ला बनगाद गाउपालिका बस्ने बर्ष ११ कि तुल्सि राना रहेका छन् ।
घाईते ९ जनाको टाउको, ढांड र हातमा चोट लागेको छ भने जीप चालक ३४ बर्षिय खेम घलेको हात भाचिएको छ ।