तपाईहरुको स्वास्थ्य उपचार हामी गर्छौंः वडाअध्यक्ष मानन्धर (भिडियोसहित)


१४ फागुन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाका वडाअध्यक्ष सुरेश मानन्धरले आफ्ना वडामा रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचार आफ्नै वडामा गर्ने बताउनुभएको छ ।

वडामा आयोजित एक कार्यक्रममा वडा अध्यक्ष मानन्धरले वडामा निकट भविष्यमा निर्माण शुरुहुन लागेको १५ शैयाको सुविधासम्पन्न अस्पतालबाट उपचार गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो “अस्पताल निर्माणकालागि नेपाल सरकारले सम्झौता गरिसकेकोले चाँडै नै केहीदिन भित्र निर्माण शुरुहुनेछ । हामीले अहिले पनि वडामा रहेको लाटीकोइली स्वास्थ्य चौकीबाट २४सै घण्ट बर्थिङ्ग सेन्टर सञ्चालन गरिरहेका छौ ।”