साउन १३ काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सांसदले डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छिन्। नेकपाका शीर्ष नेताले डा. केसीको माग सम्बोधन गरेर सरकारले विपक्षीहरुको षडयन्त्रलाई असफल पारेका बताइरहेका बेला सांसद गंगा चौधरीले भने हत्याराको आरोप लगाएकी हुन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै चौधरीले भनिन्– ‘डा. केसीको अनशनले गर्दा कति मान्छेको ज्यान गएको छ, दाङको लमहीमा हेपाटाइटिस बीको विरामी गोविन्द चौधरीको ज्यान गएको छ। यसको जिम्मेवारी कसले लिन्छ? डा. केसी कि नेपाली कांग्रेस?’ उनले डा केसी हत्यारा भएको आरोप लगाउँदै हत्यारालाई कारवाही गर्ने कि नगर्ने भन्ने प्रश्न गरिन।
१० वर्ष मेडिकल कलेज खोल्न नपाउने सहमतिमा विरोध जनाउँदै उनले फेरि विद्यार्थी विदेश पठाउने? भन्दै आक्रोश पोखिन। मेडिकल कलेज कहाँ खोल्ने भन्ने कुरा प्रदेशले निर्णय लिनुपर्ने भन्दै जहाँ खोल्न लायक त्यहाँ खोल्न पाउनुपर्छ भनिन्। नागरिकन्यूजबाट



Milan Shrestha । १३ श्रावण २०७५, आईतवार १०:३७ बजे