माओवादी भित्र मुख्यमन्त्रीकालागि होडबाजी


अविरल ढकाल, जुम्ला
माघ १८,
प्रदेश नम्वर ६को मुख्यमन्त्री नेकपा माओवादी केन्द्रको पोल्टामा परे लगतै नरेश भण्डारी र महेन्द्रबहादुर शाही वीच मुख्यमन्त्रीकोले होडबाजी भएको छ ।

एमाले सँगको पद बाँडफाँडमा ६ नम्बरको मुख्यमन्त्री माओवादीको भागमा परेपछि भण्डारी र शाही विच मुख्यमन्त्रीकालागि होडबाजी बनेको हो ।

राष्ट्रिय राजनितिमा कर्णालीले खासै उपस्थिती जनाउन नसकेको समयमा अब ६ नम्बर प्रदेशको मुख्य मन्त्रीको बागडोर समाल्ने ब्यक्ति भने कर्णालीबाटै हुने निश्चित जस्तै भएको छ ।

सामाजिक संजालमा समेत शाही र भण्डारीका समर्थकले उनीहरुको गुणगान गाउने क्रम बढाएका छन् । कर्णालीमा हिजोआज चिया पसल, होटल, बजार तथा कार्यक्रमहरुमा समेत मुख्यमन्त्रीकै चर्चाको विषय भएको छ ।