‘माइती घर’ बजारमा


साउन १४, सुर्खेत ।

चेलीहरुको महान पर्ब तिज नजिकीदै गर्दा चिज बिशेष गीतहरुले नेपाली सांगितिक बजार तताउन थालेका छन् । गीत सार्बजनिक हुने क्रममा ‘माइती घर’ बोलको गीत पनि सार्बजनिक भएको छ ।

नेपाली साहित्य र आमसञ्चारका माध्यमबाट चर्चा कमाउन सफल धनराज वास्तविकको शब्द र संगीतमा तृप्ति खड्का र यम बिष्टको आवाजमा गायीएको ‘माइती घर’ मौलिक तिज गित सार्वजनिक भएको छ ।

बि.जी इन्टरटेनमेन्ट प्रा.लि को प्रस्तुती रहेको ‘माइती घर’ गितको म्यूजिक भिडियोमा टिका जैसी, बिजय गुरुङ, रमेश कार्की र रेखा बस्नेतले अभिनय गरेका छन् । बिक्रम चौहानको निर्देशन रहेको गितको प्रकाश खड्काले छायांकन तथा राजेश कुमारले सम्पादन गरेका हुन् ।

‘माइती घर’ मा बर्ष भरी माइत जान नपाएकी समग्र चेलीहरुको वास्तविबता अभिब्यक्त गरीएको रचनाकार बास्तविकको भनाइछ ।