यौनक्षमता बढाउने १४ तरिका


नाइट डेटिङमा जानुस् 
सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस् । रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ । यसलाई छोडेर बिहेअघिजस्तै नाइट डेटिङमा जाने गर्नुस् । सिनेमाको नाइट शो हेर्न, डिनर गर्न अथवा रात अन्तै कतै बिताउनेगरी जानुहोस् । 
गर्भनिरोधक औषधि बदलिरहनुस् 
शरीरमा हुने हर्मोनको मात्रा परिवर्तनले सेक्सप्रतिको उत्सुकता र लगावमा परिवर्तन ल्याउँछ । लामो समयसम्म एउटै किसिमको गर्भनिरोधक औषधि सेवन गर्नाले शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको मात्रा घट्न पुग्छ । जसले मानिसको सेक्सप्रतिको रुचि घटाउँछ । त्यसैले गर्भनिरोधक औषधि र विधिमा परिवर्तन गरिरहनुपर्छ । 
अन्य औषधि परिवर्तन
गर्भनिरोधक औषधिमात्र होइन, रक्तचाप, पेटसम्बन्धी रोग, एन्जाइटी, डिप्रेसनलगायत लामो समयसम्म औषधि खानुपर्ने समस्या भएका मानिसले स्वस्थ यौनजीवनका लागि चिकित्सकको सल्लाहमा बेलाबेलामा औषधिको ब्रान्ड परिवर्तन गर्नुपर्छ । एउटै ब्रान्डको औषधि लामो समय खानाले शरीरमा सेक्स हर्मोनको उत्सर्जनमा कमी आउँछ । 
घरको काम बाँड्नुस् 
राती भान्साको काम श्रीमान्–श्रीमती मिलेर गर्नुस् । यसो गर्दा आत्मीयता बढ्छ । रातको समयमा निकट रहेर काम गर्दा रतिरागात्मक भाव पनि उत्पन्न हुन्छ । 
ढोका बन्द गर्नुस् 
सुत्ने बेलामा कोठाको चुकुल लगाउने गर्नुुस् । कहिलेकाहीँ नराम्रो सपना देखेर छोराछोरी तर्सिंदा सीधै तपाईंको कोठामा आउन सक्छन् । ढोका खुला हुँदा घरमा पालेका बिरालो वा कुकुर तपाईंको कोठामा छिर्न सक्छन् । जसले गर्दा तपाईंको सेक्स मुड बिग्रिन सक्छ । 
सेक्सलाई रुटिनमा राख्नुस् 
दैनिक क्रियाकलापको सूचिमा सेक्सलाई पनि थप्नुहोस् । यसरी सूचिमा राख्दा दिउँसोदेखि नै तपाईंको मुड सेक्सका निम्ति तयार हुँदै जान्छ । 
लुब्रिकेन्ट जगडा राख्नुस् 
प्राक्क्रीडामा पर्याप्त समय नदिँदा अथवा अन्य कारणले योनि सुक्खा भयो भने महिलाले सेक्सप्रति रुचि देखाउँदैनन् । उनीहरूको कुरा बुझेर लुब्रिकेन्ट अथवा योनि म्वइस्चराइजरको व्यवस्था गर्नुहोस् । 
सेक्सअघि तनावरहित हुनुस् 
तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन । 
चिल्लो कम खानुस् 
चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् । 
यौनवद्र्धक खाना खानुस् 
एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् । सम्बन्धको निरीक्षण गर्नुस् 
बेडरुमभित्रको सम्बन्धलाई बेडरुमबाहिरको सम्बन्धले धेरै हदसम्म प्रभावित गर्छ । एउटा फोन कल, सञ्चोबिसञ्चो सोध्ने बानीजस्ता स–साना कुराले दाम्पत्य जीवनमा ठूलो अर्थ राख्छन् । 
व्यायाम गर्नुस् 
व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ । 
स्वास्थ्यबारे सचेत रहनुस् 
छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ । 
यौन चिकित्सकलाई भेट्नुस् 
अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ ।
साभारः स्वास्थ खबर पत्रिका