प्रेस युनियन सुर्खेतको अध्यक्षमा पुनः थापा निर्वाचित


९ माघ, सुर्खेत । नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन सुर्खेतको आज सम्पन्न साताैं अधिवेशनबाट पुन नरेश सि‌ं थापा अध्यक्षमा निर्विरोध चयन हुनभएको छ ।

त्यसैगरि समावेशी उपाध्यक्षमा अशोक राजी, सचिवमा मधुवन वि.सी., कोषाध्यक्षमा डिलु रावत र सदस्यहरुमा नवीन शाही, चाँदनी कठायत, पूर्णबहादुर खड्का, नारायण जिसी, सुजन थापा, बुद्धि सिंह ठकुरी, सुनिता विसी, टेकराज केसी र सिपी कार्की चयन हुनभएको छ ।

त्यस्तै अधिवेशनले केन्द्रिय पार्षदमा मोतीलाल पौडेल, ललित भट्टराई, गणेश पन्त, दिपा कोइराला, सुरेश पन्त, राजेन्द्रविक्रम शाही, क्षेत्रमणी गिरी, विमला खड्का, नवल गिरी, सविता कोइराला, सुनिता पन्त, हरि शर्मा र खगेन्द्र आचार्यलाई चयन गरेको छ ।

त्यसैगरि अधिवेशनले प्रदेश पार्षदमा ललित बसेल, कमल पन्त, सन्तोष श्रेष्ठ, आनन्दविश्व पन्त, यमुना सापकोटा, नन्दु गेलाङ्ग, चिन्तामणी कँडेल, सिर्जना बुढाथोकी, महेन्द्रकुमार चन्द, लाल सिं मिजार, गणेश कार्की, नवराज रेग्मी, राजकुमार सिजापती, टंक सारु, चन्द्र पाण्डे, सम्झना खत्री, विद्या उपाध्याय र सागर लम्साललाई चयन गरेको छ ।