कालीकोट कांग्रेसले संगठन निर्माणमा तिब्रता दिने


साउन २३, कालीकोट ।

नेपाली कांग्रेस कालीकोटले संगठन बिस्तार कार्यलाई तिब्रता दिने निर्णय गरेको छ ।

सभापति हर्षबहादुर बमको अध्यक्षतामा बसेको कालीकोटको बैठकले संगठन बिस्तारलाई तिब्रता बनाउनुका साथै स्थानीय तहमा बलियो प्रतिपक्षीको भुमिका निर्बाह गर्ने पनि निर्णय गरेको छ ।

सम्पन्न बैठकले स्याङ्जाका सभापति प्रती शोक प्रस्ताव पारित समेत पारीत गरिएको सहसचिव दमनबहादुर शाहीले जानकारी दिनुभयो ।