बाँकेमा सिंहको “संगीत स्वर सरगम” पुस्तक विमोचन


पवन जायसवाल ।

नेपालगन्ज÷(बाँके) । बाँकेको नेपालगन्जका चर्चित चित्रकार तथा वरिष्ठ कलाकार श्यामानन्द सिंहको “संगीत स्वर सरगम” पुस्तक बिमोचनका साथै नागरिक अभिनन्दन अषाढ २१ गते गरिएको छ ।
असल शासन मिडियाको आयोजनामा नेपालगन्ज उप–महाानागरपालिका वार्ड नं.–९ निवासी वरिष्ठ कलाकार श्यामानन्द सिंह ७० वर्ष पुगेको दिनमा जन्मोत्सवको भख्य समारोहका बीच कृति ‘संगीत स्वर सरगम’ लोकार्पण गरिएको हो ।
वरिष्ठ कलाकार श्यामानन्द सिंहको “संगीत स्वर सरगम” ज्ञान पुस्तकको बिमोचन असल शासन मिडियाले प्रकाशन गरेको आषाढ २१ गते शनिवार एक विशेष कार्यक्रममा बिमोचन गरिएको थियो । सो पुस्तकको बिमोचन खुशी शाही, ओनिर काफ्ले, सामान भण्डारी, समृिद्ध भण्डारी लगायत सात जना बालबालिकाहरुले संयुक्त रुपमा वरिष्ठ कलाकार श्यामानन्दको कृति लोकार्पण गर्नुभएको थियो ।

असल शासन मिडियाकी कार्यबाहक अध्यक्ष डिला शाहको अध्यक्षता, कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा श्यामानन्द सिंहको बारेमा सम्बोधन गर्दै बहुप्रतिभाको धनी व्यक्ति भएको उल्लेख गर्दै उहाँले कलाका माध्यमबाट श्यामानन्द सिंहले समाजलाई पु¥र्याउनु भएको योगदानको राष्ट्रले कदर गर्नु पर्ने बताउनुभएको थियो । यसरी लुम्बिनी प्रदेस सभा सदस्य अम्बिका काफ्लेले श्यामानन्द सिंहको कला केन्द्र स्थापनाका लागि पहल गर्ने बताउनुभएको थियो ।

“संगीत स्वर सरगम” पुस्तक प्रकासनको संयोजकको रुपमा हरित अभियन्ता हेमन्तराज काफ्लेले पुस्तक छपाईका लागी ६० जनाले सहयोग गरेका छन् । ‘सम्भवत देशमै यो पहिलो संगीत सिकाउने सरल कृति हो,’ हरित अभियन्ता हेमन्तराज काफ्लेले बताउनुभयो । संगीत, कलाका प्रतिभाशाली ब्यक्तित्व वरिष्ठ कलाकार श्यामानन्द सिंहले बर्षौंदेखि प्रकाशन गर्न चाहेका थिए तर संयोगबस पुस्तक प्रकाशन गर्ने वातावरण मिलाउन पाएको भन्दै हरित अभियन्ता हेमन्तराज काफ्लेले खुसी ब्यक्त गर्नुभयो ।

असल शासन मिडियाका प्रमुख नमस्कार शाहद्वारा संचालित कार्यक्रममा वरिष्ठ कलाकार श्यामानन्द सिंहलाई नागरिक अभिनन्दन कार्यक्रमका प्रमुख अतिथि संघीय सभा सदस्य डा. धवल शमशेर राणा, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले असल शासन मिडियाको तर्फबाट दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।

पतन्जली योग समिती, नील सागर बृद्धआश्रम, जनमत अर्ध साप्ताहिकको तर्फबाट पवन जायसवाल लगायत दर्जनौं संस्थाहरुले श्यामानन्द सिंहलाई खादा र सम्मान– पत्र प्रदान गर्नुभएको थियो । श्यामानन्द सिंहको ७० औं जन्मदिनको अवसरमा आयोजित उक्त कार्यक्रममा पुस्तकको बारेमा पुस्तक प्रकाशन संयोजक हेमन्त राज काफ्लेले मन्तव्य व्यक्त गर्नुभएको थियो भने भने सरस्वती मन्दिर एवं संगीतालय संरक्षण सम्वर्द्धन समिति नेपालगन्ज–१३ का अध्यक्ष बीरेन्द्र यादवले श्यामानन्द सिंहको व्यक्तित्वको बारेमा मन्तव्य राख्नुभएको थियो ।

वरिष्ठ कलाकार श्यामानन्द सिंहको जन्म बि.सं.२०१२ साल अषाढ २१ गते भएको थियो । उहाँको २ छोरा सन्तोष सिंह, सागर सिंह र २ छोरी सविता सिंह, सपना सिंह रहेकी छिन् । उहाँले विभिन्न संघ संस्थाको सहयोगमा जनचेतनामूलक नाटक प्रर्दशन, छायाँकन समेत गरिएको छ । कलाक्षेत्रमा, साहित्य क्षेत्रमा योगदान रहेको र बिविभन्न संसंस्थाबाट पुरस्कार सहित सम्मान प्राप्त गर्नुभएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका सय भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।