हुम्ला जिल्लामा यसबर्षको हिमपात शुरु भएपछि किसानहरुमा खुशीयालि छाएको छ । आज सोमबार विहान देखि नै हिमपात भएको हुम्लाबाट पत्रकार नरजङ्ग तामाङ्ग र छपाल लामाले जानकारी दिनुभयो ।
पत्रकार तमाङ्गका अनुसार यो हिमपातले किसानहरुको बाली सप्रिने भएकोले किसानहरुमा खुशियाली छाएको हो । यो हिमपातले जौ, उवा, नाफल जस्ता बालीहरु सप्रिने गर्दछ । हिमपात सँगसँगै हुम्लामा हुने हवाई उडानहरु रोकिएका छन् ।








Prawash Kumar Shakya । २४ मंसिर २०८१, सोमबार १२:०१ बजे