लम्की बजारको गुट्खा उद्योगमा बम विष्फोट


२४ साउन, कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालिका- १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले सकेट बम विष्फोट गराएको छ ।

बिहीबार विहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै बम विष्फोट भएको हो ।

ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानीय त्रसित भएका छन् । विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि अन्य कुनै क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।

बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

उद्योग संचालक यज्ञबहादुर वलीले अहिलेसम्म कुनै व्यक्ति वा समूहबाट चन्दा लगायत आर्थिक सहयोगका लागि कुनै फोन वा पत्र केही पनि नआएको बताए ।

यही साउन २ गते समेत उक्त उद्योगमा अज्ञात समूहले २ वटा सकेट बम राखेको थियो । उक्त बमलाई सेनाको निष्कृय पारेको थियो । अनलाइनखबरबाट