झुट्ठा समाचार सम्प्रसण गरेको भन्दै सांसदद्वारा मुद्दा दायर


 

 

काठ्माण्डौ २२ फागुन

झुट्ठा समाचार सम्प्रेसण गरेकाे भन्दै अनलाइन डवली र कान्तिपुर डेलीको नाममा प्रेस काउन्सिलमा मुद्दा दायर भएको छ ।

कर्णाली प्रदेशका सांसदले कुनै एेन कानुन  नवनाई एक एक लाख पेश्की लगेर होली मनाउन गए र राजीनामा दिएका चन्द्र बहादुर शाहीले कुनै काम नगरी एक लाख पेश्की झिकेर लिए भन्ने कुरा प्रती असहमती जनाउदै सभासद शाहीले मुद्दा दायर गरेका छन ।

फागुन २० गते प्रेस काउन्सिलका अध्यक्षलाइ सम्बोधन गरी लेखिएको  निबेदनमा कर्णाली प्रदेसकाे सरकार गठनका क्रममा   निति र नियम बिपरित   भएको बिषयलाई  लिएर पार्टीलाई सजग गराउन केहि प्रयासहरु हुदा पार्टीले गल्ती भएको महशुस गरी पुन काममा फर्कीन अनुरोध गरेपछी आफु काममा फर्किने क्रममा यस्तो समाचार सम्प्रेसण भएको उनको जिकिर छ ।

म र मेरो पार्टी भित्र विधि र  निति विपरित गरिने कुनैपनि काममा मेरो सहमत हुदैन एेन कानुन नवनाइ कर्णाली प्रदेश संसद सचिवालयले सांसदहरुलाई पेश्की दिने निर्णय बेठिक छ यस्मा मेरो सहमती छैन ,सचिवालयको लेखा शाखामा गएर कुरा बुझेर मात्र मिडियामा ल्याउन भनी अनुरोध गरेका छन् ।

यस्ता कपोल्कल्पित र भ्रामक समाचारहरु पुर्वाग्रही ढंगले अरुको चरीत्र हत्या गर्नेगरी जुट्ठा कुरा मिडीयामा ल्याए मिडियाहरु जनताहरुबाट अबिश्वसनिय बन्दै जाने र जनताबाट बहिस्कृत हुने कुरालाई जोड दिदै त्यस्ता  संचार जगतकै बदनामी   गर्ने  मिडियाकर्मीलाई कार्बाही गरी यस्ता गल्ती न दोहोरिन दिन समेत आग्रह गरेका छन् ।