
सुर्खेत, २४ साउन । प्रत्येक बर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाईने घण्टाकर्ण पर्व अर्थात गठेमङ्कगल पर्व बिहिबार देखि सुर्खेत जिल्लाको लाटीकोईली ८ मा पनि मनाईयो । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमङ्कगल रुपमा मनाउने भएता पनि सुर्खेत जिल्लाको लाटीकोईलीमा सबै समुदायका व्यक्तिहरु मिलेर मनाउने परम्परा रहदै आएको छ । २००९ साल देखि गोठीकांडा र बैलकांडामा बसोवास

गर्ने नेवार समुदायका र त्यहां बसोवास गर्ने सबै समुदायले गठेमङ्कगल पर्व देखि शुरु हुने लाखे नाच, गाई जात्रा, रोपाई जात्रा र कृष्णजन्माष्टमी जस्ता जात्राहरु मनाउनदै आई रहेको परम्परालाई यथावर्त राख्दै लाटीकोईलीमा पनि प्रत्येक बर्ष जात्राहरु मनाउदै आईरहेको छ । केही समय अघि सम्म सुर्खेत जिल्लाको बिभिन्न स्थानहरु लाटीकोईली, गुप्तीपुर र गणेशचौकमा जात्राहरु मनाउने गरेता पनि हाल आएर गणेशचौक र गुप्तीपुरमा यो जात्रा लोप हुदै गईरहेका पाईएको छ ।
नेवाः देय्ः दबु जिल्ला कार्य समितीका सल्लाहककार जीवन कुमार शाक्यका अनुशार,गथांमुगःलाई घण्टाकर्ण भनी गा“ठे मड.्गल पनि भन्छन्, जुन सहि होईन । गथांमुगः भनेको दोवाटो– दोवाटो, चौवाटो र चोक इत्यादी भन्ने हो । कृषहरुको खेति बिग्रेमा वा खेती किसानी गर्न नपाएमा बर्षभरीको लागी अन्न पु¥याउन सकिन्न थियो र अन्न संकट हुन सक्थ्यो । त्यसैले यो काम मरी मरीकन जसरी भए पनि किसानहरुले गर्नु नै पर्दथ्यो ।

भनिन्छ रोपा“इको बेला घरमा कोही व्यक्ति मरे देखि त्यस लाशको शतीगती समेत नगरी रोपा“इ नसके सम्म लाशलाई मान्द्रोमा रबेरी एक कुनामा थन्क्याउ“दै सबै परिवार रोपा“ईमा नै व्यस्त हुन्थे र रोपा“इ सकिसकेपछि मात्र त्यस लाशको शतगति काजक्रिया गरिन्थ्यो । त्यसैले यस दिन आ–आºनो टोलको छवासमा नर्कट बा“सको तीन मुठालाई उठाएर बिहानै देखि चौवाटोहरुमा ठड्याई त्यस नर्कटवा“को मुठामा डरलाग्दो भूत वा भूतनीको आकृति बनाई, टा“स सम्पुर्ण टोलवासीहरु सबै मिलि त्यसमा बिभिन्न तान्त्रिक पुजा गरी दहि चिउरा खुलाई एक मुठा पराल बाली त्यस नर्कटको झ्याड.्गलाई तीन पल्ट परिक्रमा गरी सबै मिली त्यस भुतलाई खोलामा लगी मिल्क्याई बहाउने काम गरिन्छ । खोलामा बहाई सकेपछि ती तान्ने सबैले मुख धोई घर फर्कने चलन रहदै जानकारी दिए ।

यसैगरी देयः दबुका सदस्य सुरेश मानन्धरका अनुशार लाटीकोईलीमा गठेमङ्कगलको दिन देखि कृष्णजन्माष्टमीको अर्काे दिन लाखे नकाट्ने बेला सम्म लाटीकोईलीका बृद्ध, बुद्धिजीवीहरु र युवाहरु सबै जना मिली घरघरमा गई लाखे ना“च नचाउने, बिबिध जात्राहरु देखाउनेका साथै रमाईलो गर्दे आएको र यस बर्ष पनि त्यसै गरी जात्राहरु मनाउने बताए ।




Milan Shrestha । २४ श्रावण २०७५, बिहीबार १५:५४ बजे