९ चैत्र, काठमाडौँ । सुन तस्करी काण्डमा पक्राउ पर्नुभएका पूर्व सभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुट्नु भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई हाजिर जमानी छाडेको हो । महरालाई इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा रुपन्देहीबाट पक्राउ गरेको थियो ।
पक्राउ परेपनि महरालाई स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना गरिएक थियो । सीवीआई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघर स्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा महरा सँग बयान लिएको थियो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्धा चलाउन सिफारिस गरेको थियो ।



Prawash Kumar Shakya । ९ चैत्र २०८०, शुक्रबार १४:०३ बजे