​प्रधानमन्त्री ओली भारतको ६ दिने भ्रमण सकेर काठमाडौंमा


काठमाडौं, फागुन १२ – भारतको ६ दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली बुधबार काठमाडौं आइपुग्नु भएको छ ।प्रधानमन्त्री ओली मुम्बईबाट नेपाल वायुसेवा निगमको जहाजमा बेलुकी ९ बजे काठमाडौं अाइपुग्नुभएकाे प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीलाई बेलुका मुम्बईमा महाराष्ट्रका सहरी विकासमन्त्री प्रकाश मेहताले बिदाइ गर्नुभएको हो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत  जानुभएका प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदी, भातीय व्यापारी, कलाकारलगायत उच्च अधिकारीसँग भेटघाट गर्नुभएको थियो । 
साभारः उज्यालो अनलाइन